म्याग्दीमा प्रहरी दिवस : थापाले पाए उत्कृष्ट अवार्ड

सन्तोष गौतम/म्याग्दी

६४ औ प्रहरी दिवस शुक्रबार बेनीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा अमर प्रहरीको सालिकमा पुष्पगुच्छा अर्पर्ण, उत्कृष्ट प्रहरी सम्मान र शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विगतका कमजोरीबाट पाठ सिकेर प्रहरी संगठनको छवी सुधार हुदै गएको बताउनुभयो । उहाँले प्रहरीप्रति विश्वास र आकर्षण बढाउन प्रहरीप्रतिको मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रहरी सेवालाई नागरिकमैत्री र अपराध अनुसन्धानमा प्रबिधिको प्रयोग गरेर प्रभावकारी बनाउन सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले राजनीतिक हस्तक्षेपको कारण देखाएर प्रहरी अनुसन्धानबाट बिमूख बन्न नहुने पछिल्ला केही घटनाक्रमले देखाएको बताउनुभयो । उहाँले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम र विपद् व्यवस्थापनमा नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र पुर्व प्रहरी संगठनका खुमबहादुर थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रहरी कार्यालय परिसरमा रहेको अमर सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेकोमा प्रहरी निरिक्षिक धु्रबप्रसाद शर्मा, प्रहरी नायव निरिक्षक हिरा थापामगर, यमबहादुर थापा र दुर्गाप्रसाद अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार सुरेशलाल नगरकोटी, हर्खबहादुर राना, जयलाल सापकोटा, प्रहरी जवान राजिन कार्की, होमबहादुर थापा, कृष्णकुमार राना, राजन राना, डोलराज थापा, मिनबहादुर थनेत, मिना बुढाथोकी, सन्दिपबहादुर गौतम, अमरबहादुर क्षेत्री, फुलकुमार थापा, प्रकाश काफ्ले, सत्यराज बिष्ट र कार्यालय सहयोगी ओमबहादुर आले रहनुभएको छ ।

अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेकोमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी नायव निरिक्षक धनबहादुर थापालाई २०७६ असोज महिनाको वेष्ट पुलिस अवार्ड प्रदान गरिएको थियो । दिवसको अवसरमै आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई ट्रफि र मेडल प्रदान गरिएको थियो ।

ब्याडमिन्टन मेन्स सिंगलतर्फ प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी र प्रहरी अजावन नरबहादुर बारघरे, सिंगलतर्फ प्र.ज बारघरे बिजयी हुनुभएको थियो । ब्याडमिन्टन मेन्स डबलतर्फ प्रहरी नायव निरिक्षक गौरवजंगबहादुर सिंह र प्र.ज डोलराज थापा तथा सिंगलतर्फ प्र.ना.नी गौरवजंगबहादुर सिंह दितृय हुनुभएको थियो ।

प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीको अध्यक्षता, प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको सञ्चालन र अर्का प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *