पहिरोमा परेर एक जनाको मृत्यु

आदर्श अनलाइन, गोरखा
उत्तरी गोरखामा खच्चड लैजाँदै गर्दा पहिरोमा परेर एक जनाएको मृत्यु भएको छ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका–७ भिरकुनाका ३५ वर्षीय गुरूङ रहेका छन्।

सिर्दिवासबाट माछीखोलातर्फ खच्चड लैजाँदै गर्दा शुक्रबार धार्चे गाउँपालिका–१ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा ढुंगाले लागेर गम्भीर घाइते भएका थिए।

खच्चड धनीसमेत रहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्