आदर्श सञ्चारले सर्वजनिक गरेका १०० गन्तव्य

धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिक १८ वर्षमा प्रवेश गरेको छ । सहकारीमार्फत सवल सञ्चार माध्यम भन्ने ध्येयका साथ स्थापना भएको सहकारी र प्रकाशनमा आएको पत्रिकाले १८ औं वार्षिकोत्सवको अवसरमा पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर थप अभियान सञ्चालन गर्न गैरहेको छ ।

लुकेर रहेका महत्वका विषयलाई बाहिर ल्याउने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार गर्ने उद्देश्य पत्रिका लगायत डिजिटल माध्यम आदर्श सञ्चार डटकमले राखेको छ । सञ्चार माध्यममार्फत स्थानीय पर्यटकीय गन्तव्यको खोजी, प्रचार प्रसार र विकासलाई प्राथमिकता दिएर धौलागिरी जागरणको १९ औ वार्षिकोत्सवसम्म अभियान सञ्चालन गर्नेछौँ ।

साविक धौलागिरीका चार जिल्लाका २८ पालिकाका पर्यटकीय गन्तव्यको भ्रमण, समाचार संकलन, श्रव्यदृष्यमार्फत पर्यटन सम्बन्धी सामाग्री उत्पादन र प्रचार प्रसारमा सहयोग पु¥याउने हाम्रो लक्ष्य रहेको छ ।

यसै क्रममा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका स्थानीय तहका सय पर्यटकीय गन्तव्यलाई पहिलो चरणमा उजागर गर्ने लक्ष्य अनुसार स्थानीय तहको सुझाव तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको पर्यटकीय सूचिलाई विशलेषण गरी आदर्शसञ्चारका १०० पर्यटकीय गन्तव्य छनौट गरेका छौं । छनोट भएका गन्तव्यको आगामी एक वर्षमा प्राथमिकताका साथ खोजमुलक समाचार संकलन गर्ने लक्ष्य लिएका छौ । हामीले छनोट गरेका गन्तव्यका बारेमा २८ वटै स्थानीय तहका प्रमुखसहित सरोकारवालाहरुसंगको अन्तरक्रियामार्फत थप संशोधन समेत हुन सक्नेछन् ।

हामीले छनोट गरेका पर्यटकीय गन्तव्यहरुमा हाम्रो टिम सहित अन्य सञ्चारगृहका पत्रकार सहितको समूह पुग्ने, स्थानीय तहलाई पर्यटनको क्षेत्रमा सक्रिय बनाउने र प्रर्बद्धनात्मक कार्यक्रम गर्न थालिएको छ । पर्यटन प्रवद्र्धनका नाममा राज्यका तर्फबाट विनियोजन गरिएका बजेट तथा कार्यक्रमहरु प्रतिफलमूखी नभएका समेत पाइएकाले सकारात्मक काममा साथ सहयोग र कमजोरीमा आलोचना हाम्रो मुख्य ध्यान हुनेछ । एक सय गन्तव्यको सुरुवात म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केबाट गरेका छौँ ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १८ औं वार्षिकोत्सवका अवसरमा आदर्शसञ्चारका निम्नानुसार सय पर्यटकीय गन्तव्य प्रस्ताव गरेका छौं ।
बागलुङ जिल्लाका १० पालिकाका पर्यटकीय गन्तव्य
बागलुङ नगरपालिका

१. बागलुङ कालिका मन्दिर
२. सर्वसिद्धिधाम पञ्चकोटधाम
३. शालिग्राम संग्राहलय
४. भैरव स्थान मन्दिर तथा भकुण्डे
५. मालिका मन्दिर, मालिका
६. बराहताल भकुण्डे
७. लामो झेलुङ्गे पुल

गलकोट नगरपालिका
८. घुम्टेको लेक, सिद्धथान
९. सहस्रधारा झरना
१०. टेउवा मुर्तिकला
११. कालिलेक
१२. बाघढुङ्गा र राम्चेढुङ्गा

जैमिनी नगरपालिका
१३. गाजाको दह
१४. जैमिनीधाम
१५. माइस्थान
१६. हाँडिकोट
१७. पुरानो गाउँ
१८. रिठेडाँडा

ढोरपाटन नगरपालिका
१९. ढोरपाटन उपत्यका
२०. उत्तरगंगा धार्मिक क्षेत्र
२१. रुद्रताल ढोरपाटन
२२. बुकीपाटन

काठेखोला गाउँपालिका
२३. बाजा संग्रहालय
२४. भिमादरबार
२५. बेलढुङ्गा
२६. ओदानडाँडा
२७. चिया बगान
२८. रामकोट
२९. बिहुँकोट

बडिगाड गाउँपालिका
३०. थामचौर
३१. चमेरे गुफा
३२. सिमाक
३३. थानापती

निसीखोला गाउँपालिका
३४. पातीहाल्ने
३५. रिगताल
३६. दिदि बहिनी झरना
३७. कोठीभिर

तमानखोला गाउँपालिका
३८. सिद्धबराह ताल
३९. तमानगाउँ
४०. सोलेडाँडा
४१. नौडल्लेको पहाड

बरेङ गाउँपालिका
४२. सत्यवती मन्दिर
४३. कौडेको लेक

ताराखोला गाउँपालिका
४४. गाईघाट झरना
४५. डुडेलेक
४६. खिउ बराह ताल

म्याग्दीका पर्यटकीय गन्तव्य
बेनी नगरपालिका

४७. ४०० वर्ष पुरानो भर्तीवम शिवालय
४८. गलेश्वरधाम, गलेश्वर
४९. पुलस्त्य पुलहाश्रम
५०. तातोपानी कुण्ड–तातोपानी

मालिका गाउँपालिका
५१. रुम दुरलेक
५२. देउताभिर गुफा–देविस्थान
५३. मालिका घुरी

मंगला गाउँपालिका
५४. चिनाकोट–बरंजा
५५. चाङ्गा–अर्मन

रघुगंगा गाउँपालिका
५६. रुइसे
५७. रिखार
५८. धौलागिरी आइसफल ट्रेक

अन्नपूर्ण गाउँपालिका
५९. अन्नपूर्ण बेस क्याम्प
६०. घोडेपानी
६१. खोप्रा लेक
६२. नारच्याङ झरना

धवलागिरी गाउँपालिका
६३. गुर्जा
६४. धौलागिरी आधारशिविर
६५. गुरिल्ला पदमार्ग

मुस्ताङका पर्यटकीय गन्तव्यहरु
लोमान्थाङ गाउँपालिका

६६. विश्वकै उच्चस्थानमा रहेको गल्फ कोर्स
६७. लोमान्थाङ दरबार क्षेत्र

लो–घेकर दामोदर कुण्ड गाउँपालिका
६८. चरङ्ग गुम्बा दरबार
६९. लोरी गुम्बा
७०. दामोदर कुण्ड


बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका
७१. कागबेणीधाम
७२. मुक्तिनाथ क्षेत्र
७३. छुसाङ नुनखानी

घरपझोङ गाउँपालिका
७४. ढुम्बा ताल
७५. ८०० वर्ष पुरानो छैरो गुम्बा
७६. जोमसोम बजार
७७. मार्फा गाउँ

थासाङ गाउँपालिका
७८. टिटि ताल
७९.मार्चे लेक

पर्वतका पर्यटकीय गन्तव्यहरू
कुश्मा नगरपालिका

८०. गुप्तेश्वर गुफा
८१. मोदीवेणी धाम
८२. अलपेश्वर गुफा

फलेवास नगरपालिका
८३. डहरेदेउराली
८४. ज्यामिरेमाई मन्दिर
८५. सुलिकोट

महाशिला गाउँपालिका
८६. एशियाकै ठुलो महाशिला
८७. धुवाकोट
८८. पैंयूकोट

पैंयु गाउँपालिका
८९. पालुस्थान मन्दिर
९०. चालालुङ गुफा
९१. छहरे झरना

विहादी गाउँपालिका
९२. शालिग्राम शिला
९३. लुमरेङकोट
९४. रानीपानी गुफा,

जलजला गाउँपालिका
९५.कालाञ्जर पर्वत
९६.जलजला
९७.धाईरिङ भुमेकोट

मोदी गाउँपालिका
९८.पञ्चासे
९९.चित्रे ग्रामीण होमस्ट
१००.भुकदेउराली

यो पनि पढ्नुहोस्