आदर्श सञ्चार, बागलुङ
११५ औं अन्तराष्ट्रिय महिला दिवस बागलुङ बजारमा मनाइएको छ । कार्यक्रममा सहभागीहरुले महिलाले प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
बागलुङ नगरपालिका, सामाजिक विकास कार्यालय र अन्तरपार्टी महिला सञ्जालको संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व संघीय सांसद मन कुमारी केसीले महिलाले प्राप्त गरेको अधिकार संस्थागत गर्दै महिला बालबालिकाको क्षेत्रमा अझै संवेदनशिल हुन आवश्यक रहेको बताउनुभएको छ ।
महिला एकजुट भएपछि संस्थागत विकासमा सहयोग पुग्ने केसीको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढाले कानून बनाउने निकायमा महिलाको पहुँच पुग्नुलाई सकरात्मक लिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्का, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वतकी आचार्य, अखिल नेपाल महिला संघका अध्यक्ष कालिका सापकोटा, अखिल नेपालमहिला संघ क्रन्तीकारीका केन्द्रिय सदस्य टिका बिक, अखिल नेपाल महिलासंघका कोषाध्यक्ष आशा रोका, बागलुङ नगर बाल सञ्जालको अध्यक्ष अनुषा कँडेल, स्वास्थ्यशाखा प्रमुख राम प्रसाद खानल, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादव र जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पतालको मनोपरामर्शदाता आशा घर्तीमगरले मानसिक स्वास्थ्य र आत्महत्या न्युनिकरणका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका संयोजक सिता देखि सापकोटाको अध्यक्षता, सामाजिक विकास कार्यालय प्रमुख हिमाल घर्तीको स्वागत तथा बागलुङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यको सञ्चालनमा सम्पन्न भएको छ ।
पेलेकार्ड सहितको ¥याली बागलुङ बजारको समिटचोबाट शुरु भएर लोकतान्त्रिक चोक हुँदै राधाकृष्णमन्दिरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । सोही अवसरमा मानव सेवा आश्रम बागलुङमा खान खुवाइएको थियो ।