सिवाईसी साकोसद्वारा कर्मचारीहरुका लागि दिगो वित्तीय मापन कार्यशाला

आदर्श सञ्चार, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा संस्थामा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी एक दिने दिगो वित्तीय मापन कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

कर्मचारीहरूलाई संस्थाको आर्थिक स्थिति मापन गर्ने, वित्तीय योजना बनाउने र रणनीतिक निर्णय लिन आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यका साथ अयोजना भएको कार्यक्रममा दिगो वित्तीय व्यवस्थापनका सिद्धान्तहरू, वित्तीय मापनका आधुनिक उपकरणहरूको प्रयोग तथा सहकारी संस्थाको दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्ने उपायहरूमा प्रशिक्षक सहकारी अभियान्त केशवप्रसाद पोखरेलले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले यस क्षेत्रमा कसैले सहकारीको नाम लिदा पहिलो नाम सिवाईसीको आउने भएकाले संस्थामा कार्यरत कर्मचारीहरुमा सहकारीका पछिल्ला नीति नियम र वित्तीय क्षेत्रको बारेमा जानकारी हुन अत्यावश्यक रहेको बताउनु भयो ।

पौडेलले यो कार्यशालाले संस्थाको आन्तरिक प्रशासनिक क्षमता तथा कर्मचारीहरूको वित्तीय दक्षता अभिवृद्धिमा टेवा पु¥याउने समेत विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सञ्चालीत कार्यक्रमको स्वागत संस्थाका सल्लाहाकार सीता शर्मा र सञ्चालन प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्