निसीखोलामा पार्किङ गरेको डोजरमा आगलागी

आदर्श सञ्चार, बागलुङ
बागलुङको निसीखोलामा डोजरमा लागलागी भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ काफलठुँटामा पार्किङ गरेर राखेको बुर्तिबाङका भीम गौतमको डोजरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट डोजरमा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो । बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ ।

डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । डोजरको सिसा, रबर लगाएत अधिकांश भाग जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । डोजरमा आगजनी गर्नेको खोजी कार्यभइरहेको बस्नेतले बताउनुभयो ।

डोजर नयाँ भएको हुँदा अहिलेसम्म नम्बर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्