सरकार ८४ सम्मै चलाए हुन्छ माओवादीको दाबा छैन् : महासचिव गुरुङ

आदर्श सञ्चार, बागलुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारमा कुनै पनि दावि नरहेको भन्दै दुई गठबन्धनले ८४ सम्मै चलाए हुने बताउनु भएको छ । शुक्रबार बागलुङमा पे्रस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले प्रतिपक्षको कुनै प्रकारको दावी नरहेको तर सरकार आफ्नै कारणले लामो समय चल्न नसक्ने बताउनु भयो ।

यस्तै गत चैत १५ गते माओवादीले गणतन्त्रको पक्षमा जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताउनु भएको छ ।  ‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नु पर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते बृहत रुपमा सभा ग¥यौ,’ उहाँले भन्नुभयो, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरुले जुन रुपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षमा क्याम्पेन चलाइराखेका थिए, त्यो ओझेलमा पर्याे ।’

महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गर्नु भयो । तर, सरकारीको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न नसकिने उहाँको भनाइ थियो ।

महासचिव गुरुङले अहिलेको सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनु भयो । आफुहरुले प्रतिपक्षको रुपमा सरकारलाई रचनात्मक सुझाव दिइरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिस खातीको अध्यक्षता सचिव विनोद प्रतीकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्