म्याग्दी टाइम्सको उद्घाटनमा फुटसल

आदर्श अनलाइन, बागलुङ

म्याग्दी टाइम्स डटकमको स्थापनाको अवसरमा आयोजित फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाइटी विजयी भएको छ ।

शिव बोहोराद्वारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटनको अवसरमा भएको फुटसलमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमको कप्तानीमा रहेको पत्रकार महासंघको (ए) टिमलदाई ३–२ गोल अन्तरले पराजित गर्दै म्याग्दी मिडिया सोसाइटी पहिलो भएको हो ।

पहिलो चरणको खेलमा पत्रकार महासंघ(ए) टिमले नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै मिडिया सोसाइटीले पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेलको कप्तानीमा रहेको पत्रकार महासंघ(बि) टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । विजयी टिमलाई मेडल तथा ट्राफि प्रदान गरीएको थियो ।

प्रतियोगितामा मिडिया सोसाइटीका किरण कार्की सर्वाधिक गोलकर्ता र पत्रकार महासंघ म्याग्दी(ए)का गोलरक्षक कृष्ण कार्की सर्वोत्कृष्ट खेलाडी घोषीत हुनुभएको थियो । यसै बीच फुटसल प्रतियोगिता भन्दा पहिला म्याग्दी टाइम्स डटकमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्