म्याग्दीका सञ्चारकर्मीको १० लाखको दुर्घटना बिमा

आदर्श सञ्चार, म्याग्दी
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिदिएको छ । विश्व प्रेस स्वतन्त्रत दिवसको अवसरमा महासंघले २१ जना सञ्चारकर्मीको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको हो ।

महासंघले शिखर इन्स्योरेन्ससँग सहकार्य गरि सञ्चारकर्मीको दुर्घटना बिमा गरेको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मी दिपा बुढाथोकीलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

मृगौला पीडित बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि ३२ हजार पाँच सय रुपैयाँ राहत प्रदान गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

 

यो पनि पढ्नुहोस्