गणेशथान घुम्ती–निरयघाट सडक १० महिनामै कालोपत्र थालियो

 

खेमराज गौतम, बागलुङ

विकास निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भइरहेको सन्दर्भमा बागलुङमा भने सम्झौताको १० महिनामै सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिका भित्र स्तरोन्नती भइरहेका तीन सडक मध्ये पहिलो खण्डको सडक कालोपत्र गर्न शुरु गरिएको छ । ठेक्का सम्झौताको १० महिनामै सडक स्तरोन्ती सकेर कालोपत्रको काम थालिएको हो ।

बागलुङ नगरपालिका भित्रका तीन वटा सडक मध्ये पहिलो सडकको रुपमा रहेको गणेशथान घुम्ती देखि निरयघाट सम्मको सडक कालोपत्र गर्न शुरु भएको निर्माण व्यवसायीले जनाएको छ । उक्त ठेक्का सम्झौता भएको १० महिनामै कालोपत्रको थालिएको निर्माण व्यवसायीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

स्तरोन्नती भइरहेको बागलुङ नगरपालिकाका तीन सडकको एक मुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत पुरा भएको बताउदै शर्माले तेस्रो खण्डमा दुई किमि मात्रै सडक स्तरोन्नतीको काम बाँकी रहेको छ भने पहिलो खण्डको सडक कालोपत्र थालिएको हो । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक असार भित्र कालोपत्र सम्पन्न भइसक्ने निर्माण व्यवसायीको भनाई छ ।

बागलुङ नगरपालिकालाई विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्डमा धमाधम स्तरोन्नती एक खण्डमा कालोपत्र शुरु भएको छ । गत असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौ उपकरण र श्रमिक परिचालन गरेर १० महिनामै कालोपत्र थालिएको हो । वषौदेखि ठेक्का अलपत्र पर्ने सन्दर्भमा उक्त सडकमा भने १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्मको ८.६ किलोमिटर सडक, वडा नम्बर ४ स्थित ओडार चौरदेखि ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नतीको अन्तिम चरणमा पुगेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित गणेशथान घुम्तीदेखि नीरयघाटको १.५ किमि सडक कालोपत्र शुरु भएको हो । तीन वटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडकको गणेशथानदेखि निरयघाटसम्मको सडक फुटपाथ सहित बनाइएको छ । बागलुङ नगरपालिकाको उक्त सडक हाल सम्मकै नमूना हुनेगरी स्तरोन्नती सहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिका सहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो ।

एक लामो र दुई छोटा सडक एउटै ठेक्कामा आशिष फेवाले जेभीले द्रुत गतिमा काम गरिरहेको छ ।
स्तरोन्नती संगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासंग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी रु.४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वटै सडकको लम्बाई जम्मा १३ किमि रहेको छ ।

२०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिका बीच अनुदान सम्झौता भएपनि गत जेठमा मात्रै ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिका भित्रका तीन सडक नमूना हुँनेछन् । बागलुङ नगरको विकासको नमूना उक्त सडक निर्माणले देखाउने बताउदै विश्व बैंकको अनुदान बागलुङ नगरपालिका सहित देशभरका १७ नगरपालिकाले पाएको जानकारी दिनुभयो । उक्त सडकहरु ८ मिटर चौडा रहेका छन् ।

 

यो पनि पढ्नुहोस्