बागलुङमा न्यायिक सम्मेलन

डम्मर बुढा मगर, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्ने बताउनु भएको छ । आइतबार बागलुङमा आयोजित गण्डकी प्रदेश स्तरीय न्यायिक सम्मेलनलाई सम्बोधन गर्दै नागरिकलाई आय आर्जनसँग जोड्न स्थानीय स्तरमै रोजगार सिर्जना गनु पर्ने आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

अब गण्डकी प्रदेश भित्रका पालिकामा बढी उत्पाद हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरे पूर्वधार निर्माण गरे पनि अहिले त्यसो उपभोग गर्ने जनसंख्या कम भएको पाण्डेले उल्लेख गर्नु भयो । अहिले सडक, शिक्षा, स्वास्थ्यसहितका आधारभूत विकास नभएको ठाउँ निकै कम भएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आय आर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगार सिर्जना गर्छौँ, गाउँमा विकास पुगेको छ तर मान्छे कोही छैन, हामीहरुले गाउँमा पूर्वधार निर्माणका लागि ठूलो लागानी गरेका छौँ, तर त्यो अनुसारको जनसंख्याले लाभ लिन सकेको छैन, कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ ।”

मुख्यमन्त्री पाण्डेलले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको संख्या बढेको बताउनुभयो । पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने भन्दै अब पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पु¥याउनका लागि आवश्यक पूर्वधार निर्माण र प्रचारप्रसारलाई जोड दिने उहाँको भनाइ छ ।

संघीयता आएको यतिका वर्षसम्म पनि प्रदेश तथा स्थानीय तहको एकल अधिकार र साझा अधिकार प्रयोग गर्न नपाएको टिप्पणी गर्नुभयो । संघीय सरकारबाट कानुन नबन्दा धेरै अधिकारहरु संविधानमै सीमित भएको उहाँको भनाइ छ ।

पाण्डेलले प्रत्येक जनताको घर दैलोमा अवश्यकता अनुसार न्यायको पहुँच पु¥याउने स्थानीय र प्रदेश सरकारको साझा जिम्मेवारी रहेको बताउनुभयो । स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्दापनमा सहघाउ पु¥याउनका लागि गण्डकी प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ताको व्यवस्थापन गरेको भन्दै पालिकामा न्याय सम्पादन गर्दा कसैले पनि प्रश्न नउठाउने गरि काम गर्नु पर्नेमा जोड दिनुभयो ।

दलिय आधारमा न्याय सम्पादन कदापी हुन नहुने भन्दै जहिले पनि न्यायिक समितिले पीडितका पक्षमा काम गर्नु पर्ने बताउनुभयो । न्याय समितिबाट पीडित नागरिकलाई झन् पीडा हुने गतिविधि गर्नु नहुने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख बिना कुमारी थापा, प्रदेश सभा सदस्य चम्पादेवी खड्का, जितबहादुर शेरचन, दोर्ण कुमार कुँवर, कुशुम बुढा, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर लगायतले मन्तव्य राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख राजु खण्डकाको अध्यक्षता र पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाको संचालनमा सम्पन्न भएको हो । सम्मेलनमा गण्डकी प्रदेशका ८५ वटै पालिकाबाट उपप्रमुख÷उपाध्यक्ष र न्यायिक सहकर्ता सहभागी भएका छन् ।

सम्मेलन आज सकिने बागलुङ नगरपालिकाले जनाएको छ । पहिलो न्यायीक सम्मेलन गोरखा नगरपालिकाको आयोजनामा २०८० सालमा भएको थियो ।

यो पनि पढ्नुहोस्