आदर्श सञ्चार, बागलुङ
अन्नपूर्ण गाउँपालिका ३ दानामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट जोमसोम तर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ग१६प ६१६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक फरमुलाह मियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक साग पौडेलले जानकारी दिनुभयो ।
पर्सागढी नगरपालिका ५ पर्सा जिल्ला घरभै अन्नपूर्ण गाउँपालिका ३ दानामा वर्कसपमा काम गरी बस्ने २१ वर्षिय मियाको सवलाई पोष्ट मार्टमका लागि प्रादेशीक अस्पताल बेनी ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वसका चालक थासाङ गाउँपालिका २ मुस्ताङका ३६ वर्षिय कुलबहादुर तामाङ र वस समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।