बेनी नगरपालिकाले थाल्यो प्रारम्भीक वातावरणीय परीक्षण

आदर्श सञ्चार, म्याग्दी
नदीजन्य सामग्री उत्खनन्को अवस्था थाहा पाउनका लागि बेनी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका नदीहरुमा वातावरणीय परीक्षण सुरु गरेको छ । नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदी क्षेत्रको नदीजन्य पदार्थहरुको दिगो उत्खनन् कार्यका लागि प्रारम्भीक वातावरणीय परीक्षण(आइइइ)का लागि काम सुरु गरेको हो ।

डेल्टा इन्जिनियरीङ कन्सल्टेन्सीमार्फत आइइइको काम थालेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका ९ गलेश्वर देखि बेनी नगरपालिका १ सम्म र बेनी देखि तातोपानी सम्मको क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षणको काम हुनेछ ।

बिहीबार यसै शिलशिलामा गलेश्वरमा भएको सार्वजनिक सुनुवाइमा गलेश्वर क्षेत्रको संरक्षणलाई पनि स्थानीयले जोड दिएका थिए । स्थानीय ताराप्रसाद आचार्यले गलेश्वर बजार संरक्षण तथा कटानको जोखिम नहुने गरी मात्रै उत्खनन हुनु पर्ने धारणा राख्नु भएको थियो । स्थानीय वमबहादुर पुनले गलेश्वर क्षेत्र र कालीगण्डकीको महत्व र महिमालाइ असर नपर्ने गरी मात्रै नदीजन्य पदार्थ उत्खनन गर्नु पर्ने बताउनु भयो ।

डेल्टा इन्जिनियरीङ कन्सल्टेन्सी बेनीका व्यवस्थापक इन्जिनियर कृष्ण रिजालले जनताको राय र त्यस क्षेत्रको भौगोलिक अवस्थालाई समेत मध्येनजर गरेर मात्रै यथार्थ शुझाब दिने बताउनु भयो । त्यस्तै वातावरण विज्ञ इन्जिनियर सुनिल रखालले वातावरणमा कुनै पनि प्रकारको धेरै असर र जोखिम नहुने प्ररकारले मात्रै काम गर्न सकिने गरी आफ्नो राय रहने धारणा राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्