आदर्श सञ्चार, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकाले हावाहुरी पीडितलाई घरमै पुगेर राहत प्रदान गरेको छ । गाउँपालिकाले जेठ २ गतेको हावाहुरीका कारण क्षती पु¥याएको १० घर परिवारलाई गाउँमै पुगेर नगद तथा खाद्यन्न हस्तान्तरण गरेको छ ।
निसीखोला गाउँपालिका–१ लेवाङमा आएको हावा हुरीका कारण १० घरमा क्षति पु¥याएको थियो ।
प्रहरी सर्जमिन मुचुल्काको आधारमा १० जनालाई नगद, चामाल, नुन र तेल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पुन मगरले जानकारी दिनुभयो । उहाँले प्रति परिवार १० हजारका दरले नगद एक लाख सहित खाद्यन्न वितरण गरिएको बताउनुभयो । हावाहुरी पीडितको घाउमा मलह लागाउन गाउँपालिका राहत लिएर घरमै पुगेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताउनुभयो ।