पोखरामा ‘सुदिप प्रिजेन्ट एसइई कप फुटसल’ हुँदैं, उत्कृष्ट ७ खेलाडीलाई छात्रवृत्ति दिइने

रोहन जि.सी, बागलुङ
पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।

फुटसल तथा फुटबल खेलाडी सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

उक्त प्रतियोगिताको मुख्य उद्देश्य ट्यालेन्ट हन्टमार्फत उत्कृष्ट ७ जना विद्यार्थीलाई न्यू ग्यालेक्सी माविमा छात्रवृत्ति (स्करलरसीप) प्रदान गर्ने रहेको सुदिप सुनारले जानकारी दिनुभयो ।

उहाँले सो प्रतियोगितामा ८, ९ र कक्षा १० का विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताउदै छात्रवृत्तिको व्यवस्था भने एसइई दिएका विद्यार्थीलाई मात्र प्रदान गरिने बताउनुभयो।

यो पहिलो संस्करणको प्रतियोगिता हो । यसले निरन्तरता पाउँछ । प्रतियोगिता राख्नुको मुख्य उद्देश्य भनेको क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गर्नु हो, उहाँले यो प्रतियोगिताको उत्कृष्ट ७ जना खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका छौ । त्यसका लागि न्यू ग्यालेक्सी माविसँग समन्वय गरेको बताउनुभयो ।


उहाँले विद्यार्थीको इच्छा अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गरेकाले ‘उत्कृष्ट ७ जनालाई स्कलरसीपको व्यवस्था गरेकाले कक्षा ११ र १२ मा उनीहरुले चाहे अनुसारकै विषय पढ्न पाउने बताउनुभयो ।’

सो प्रतियोगिताको विजेताले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उपविजेताले रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको साथमा आकर्षक पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगिताको फाइनलमा स्पेशल गेष्टका रुपमा राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङको सहभागिता रहनेछ ।

यो पनि पढ्नुहोस्