प्रधानमन्त्री रोजगार तथा सामाजिक सुरक्षा कोष विषयक अन्तरक्रिर्या

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आन्तरिक रोजगारी तथा सामाजिक सुरक्षा कोषको विषयमा सरोकारवाला संग अन्तरक्रिर्या गरेको छ ।

प्रधामन्त्री रोजगार कार्यक्रमको प्रभावकारीता तथा योगदानमा आधारिकत सामाजिक सुरक्षा कोषको विषयमा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरुबीच आन्तरक्रिर्या कार्यक्रम गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिकाले प्रदान गरेको रोजगारी, निर्माण गरेको पदमार्ग, सडक स्तरोन्नती तथा पोखरी निर्माण जस्ता कार्य गरिरहेको छ । यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा ५३ जनालाई १०० दिनको रोजगारी प्रदान गरेको छ ।

अन्तरक्रिर्या कार्यक्रममा सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख रमेश ढुङ्गेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनाले स्वास्थ्य उपचार, दुर्घटना उपचार तथा पेन्सन योजनाको विषयमा जानकारी गराउनुभएको थियो ।

यस्तै सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम बागलुङ जिल्ला संयोजक मिन प्रसाद उपाध्यायले आन्तरिक रोजगारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रबाट प्रदान गरिएको कामको विषयमा सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी निजी क्षेत्रका सरोकारवालाहरुले सामाजिक सुरक्षा कोषको विषयमा प्रचार नपुगेको बताएका थिए । उनिहरुले निजी क्षेत्रमा अस्थित प्रकृतिको श्रमजिवी रहने, सामाजिक सुरक्षाकोषमा आउनै नमान्ने तथा अविस्वास व्यक्त गरेको विषयमा प्रश्न राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, निर्माण व्यवसायी, सहकारी, संस्थागत विद्यालय तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम नगरपालिकाको रोजगार संयोजक रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्