डम्मर बुढामगर, बागलुङ
बागलुङका १० वटै स्थानीत तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका चार ४४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उहाँको भनाइ छ ।
गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ति सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
त्यस्तै ढोरपाटन नगरपालिका पनि पूर्ण पोख घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समुहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताउनुभयो । गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत्र र बैशाख महिनामा ९ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उहाँको भनाइ छ ।
जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समुहका २२६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिनुभयो । पलिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ति सबैबाट खोप सेवा दिइ रहेको उहाँको भनाइ छ ।
बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुन जानकारी दिनुभयो । गाउँपालिका भर १० वटा स्वास्थ्य संस्था छन् ति सबैबाट बालबालिकालाई खोप दिने गरेको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना र १६ देखि २४ महिना उमेर समुहका ११४ जना बालबालिकालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका छ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताउनुभयो । सुरुमा सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको उहाँको भनाइ छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको छन्त्याल बताउनुहुन्छ ।
काठेखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिका भित्रका जन्मेदेखि १५ महिना उमेर समुहका २२७ जना र १६ महिनादेखि २३ महिना उमेर समुहका २०७ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताउनुभयो ।
जिल्लाको निसीखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिका भित्रका जन्मेदेखि १५ महिना उमेर समुहका ४५२ जना र १६ महिनादेखि २३ महिना उमेर समुहका ३७६ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख जुनी घर्ती मगरले बताउनुभयो ।
बडिगाड गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिका भित्रका जन्मेदेखि १५ महिना उमेर समुहका ४४० जना र १६ महिनादेखि २३ महिना उमेर समुहका ३५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले जानकारी दिनुभयो । पालिकाभरका बडिगाडमा १५ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई पोख दिने गरिएको उहाँको भनाइ छ ।
यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्णखोप जिल्ला घोणषा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि तयारी भइरहेको उहाँको भनाइ छ ।