पिपिएलएको केन्द्रीय सदस्यमा बागलुङका राम शर्मा निर्विरोध

आदर्श सञ्चार, बागलुङ
नेकपा एमाले निकट प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) को केन्द्रीय सदस्यमा अधिवक्ता राम शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।

आइतबार सम्पन्न निर्वाचनबाट बागलुङका राम शर्मा गण्डकी भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको हो । बागलुङ कार्यक्षेत्र बनाइ कानुन व्यवसाय र मानवअधिकारका क्षेत्रमा क्रियाशिल शर्मा यस अघि पिपिएलए बागलुङको अध्यक्ष रहेर काम गरिसक्नु भएको छ ।

पुनरावेदन बार इकाई बागलुङका पूर्व अध्यक्ष समेत रहेका शर्मा साढे २ दशकदेखि बागलुङमा कानुन व्यवसायीका रुपमा कार्यरत रहनु भएको छ ।
गण्डकी भुगोलबाट २ जना खुल्ला सदस्यमा शर्मा र सोम बहादुर श्रेष्ठ तथा महिला कोटामा भुवन पराजुली काफ्ले निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत चोक बहादुर मगरले जानकारी दिनु भएको छ ।

पिपिएलएको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा, खुल्ला उपाध्यक्षमा भिमसेन बञ्जार, महासचिवमा भुवन प्रसाद निरौला निर्वाचित हुनु भएको छ ।

यो पनि पढ्नुहोस्