आदर्श सञ्चार, बागलुङ
गायक सूर्य खड्काकाे ‘बाटो भिरको’ गीत सार्वजनिक भएको छ । शिव अखेलीको शब्द/संगीत, तारानाथ आचार्यको संगीत संयोजनमा गायक सूर्य खड्का र गायिका निशा केसीको स्वरमा रहेकाे गीत तीन दिन अगाडि मात्रै सूर्य खड्का युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।
गीतमा गायक खड्का र माेडल स्मारीका ढकालले अभिनय गरेका छन् । सार्वजनिक भएकाे तीन दिनमै उक्त गीत तीन लाख ५० हजारले हेरेका छन् । जापानमा बस्दै आएका गायक खड्काले नेपाली लोक गीत क्षेत्रमा विभिन्न चर्चित गीतहरु गाउनु भएको छ ।
यति बेला सामाजिक सञ्जालमा पनि याे गीतले चर्चा पाएकाे छ ।
भिडियाे