किष्ण घिमिरे
आमा आमा भनि म रोलुं कसरी–धोको मनैमा रह्यो ।
धेरै वर्ष भयो बिछोड हुन गयो – घरै अंध्यारो भयो ।।
तिम्रा ति अनमोल वाणिहरू सबै–बिर्सु कसरी अब ।
आमाका बचन कसरी सुनला – हुन्न अब सम्भव ।।
गुञ्जि रहन्छ सधैँ मानसपटलमा–छिन् छिन् बजेका चुरा
काखमा राखी सुनाउथ्यौ मेरी आमा–तिम्रा अतितका कुरा
हेर्छु फोटो सधैँ, सपना सरिझै– सम्झन्छु झलझली ।
मनमा गाँठो पारेर रुन्छ हे आमा–झार्दै आँसु भलभली ।।
आमा भनि बोलाउँथे तिमी हुदा–ऐले बोल्दिनौ किन ।
छैनौँ आमा तिमी यस लोकमा– बोल्नै म त सक्दिन ।।
नाना खानाहरु पाइनौ कहिल्यै – इच्छा लागेको जति
कति दुखः काट्यौ हरे मेरी आमा–भएर निसम्पत्ति ।।
आमाको महिमा कति छन् कति छन्–वर्णन कसरी गरु
जहाँ भएपनि आर्शिवाद देउ है – पर्छु शरणमा बरु ।।