बडिगाड गाउँपालिकाले चैत मसान्त भित्र सक्ने गरि २३३ योजना कार्यान्वयन गर्दै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षका २३३ वटा योजना कार्यान्वयनमा ल्याएको छ । जिल्लामा सबैभन्दा ठूलो भूगोलमा फैलिएको यस गाउँपालिका भौगोलिक विकटताका कारण अझै पनि कतिपय गाउँ बस्ती सडक सञ्जालले जोडिन सकेको छैन । असरमा ल्याएको नीति तथा कार्यमक्रम र बजेटलाई तीव्र रुपमा कार्यान्वयनमा लागेको हो ।

गाउँ सभाबाट छनोट भएका कुल २३३ योजना मध्ये हालसम्म १७४ वटा सम्झौता भएर धमाधम काम भइरहेका छन् भने ४७ योजना सम्पन्न भइसकेका छन् । बाँकी ५९ योजना सम्झौताको चरणमा रहेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले नागरिकको आवश्यकता र मागका आधार योजना छनोट गरेको उहाँको भनाइ छ ।

पालिकाका १० वटै वडामा हालसम्म ४७ योजना सकिएको पौडेलले जानकारी दिनुभयो । नागरिकका आधारभूत आवश्यकता पुरा गर्ने गरि योजना कार्यान्वनमा लागेको उहाँले बताउनुभयो । चालु वर्ष खानेपानी, सडक, सिंचाइ, भवन, खेलमैदान, सरसफाइ, संस्कृति प्रवद्र्धन र लघु जलविद्युत सम्बन्धी योजना रहेको पौडेलको भनाइ छ । चैत मसान्तसम्म सबै योजना सक्ने गरि काम भइरहेको पौडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “बडिगाडका अधिकांश योजना सम्झौता भइसकेर काम भइरहेका छन्, हामीहरुले ठूला योजनालाई सुरुमै सम्झौता गरि काम अगाडि बढाएका हौँ, भने अन्य अयोजना अहिले सम्झौताका चरणमा छन्, पालिकाको सबै वडामा गएर उपभोक्ता समिति बनाउने र योजना सम्झौता गरेका हौँ, योजना सम्झौताका लागि पालिकामै आउनु पर्ने बाध्यता छैन ।”

यस वर्ष बडिगाडको बजेट बुल बजेट रु ७२ करोड ९१ लाख ६२ हजार थियो । जस मध्ये हालसम्म ३७.६ प्रतिशत अर्थात २७ करोड दुई लाख ७० हजार खर्च भएको छ गाउँपालिकाले जनाएको छ । पालिकाले यस वर्षवडा नम्बर ६ को वडा कार्यालय निर्माणका लागि रु एक करोड, सडक सुधार तथा सरफाइका लागि रु ६५ लाख र हेफरसँग सहकार्य गरेर नागरिकलाई पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउनका लागि रु ८० लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । अहिलेसम्म सडकले नजोडिएको गाउँलाई जोड्नका लागि भेडीखोर–फोर्सा सडक खोल्नका लागि रु ४० लाख विनियोजन गरेको उहाँको भनाइ छ ।

“सीमित स्रोत र साधानका बीच धेरै नागरिकको आवश्यक पुरा गर्ने पर्ने छ, एकै पटक सबै तिर विकास गर्न सम्भव नहुँदै छैर, यद्यपी हामीहरुले सबै भूलोगल, वडा र समस्यालाई बुझेर काम गरि रहेका छौँ, समयमै सबै योजना सक्नु पर्छ भन्ने मान्यताले धमाधम योजनाका कामहरु भइरहेका छन्” अध्यक्ष अधिकारीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्