डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासीमा खुसी छाएको छ ।
लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरि गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको रु आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को रु ११ लाख ७३ हजार ५० र जनश्रमनाद रु चार लाख दुई हजार ९६० गरि कुल रु २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताउनुभयो । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उहाँको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “यो गाउँमा धेरै पहिलेदेखि नै खानेपानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खानेपानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पु¥याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नु पर्ने छैन ।”
काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजानकी कोषाध्यक्ष मनरुपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताउनुभयो । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उहाँको भनाइ छ । विहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नु पर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकीनै फेरिन थालेको उहाँले बताउनुभयो ।
“यो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानी थियो, यसपाली बल्ल समाधान भयो, जनश्रमदान पनि ग¥यौँ, नगरपालिका र नेवाले ठूला सहयोग गरे, यसभन्दा अगाडि तीन वटा धाराबाट गाउँभरीका मान्छेले पानी भर्नु पथ्र्यो” उहाँले भन्नुभयो – “विहानमा एकछिन मात्रै पानी आउँथ्यो, त्यही पनि नियमित हुँदैन्थ्यो, बारीमा तरकारी लगानउन, वस्तुभाउलाई खुवाउन र सरसफाईमा निकै समस्या थियो, अब त पानी घरमै आयो धेरै सजिलो हुने भयो ।