खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कँडेल नियुक्त

आदर्श सञ्चार, बागलुङ
जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्षमा काठेखाेलाका कृष्णप्रसाद कँडेल र कोषाध्यक्षमा गलकाेटका योगेश भण्डारी नियुक्त हुनु भएकाे छ । खेलकुद परिषद् गण्डकी प्रदेशले  कँडेल र भण्डारीलाई नियुक्त गरेको हो ।

समितिको उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा यसअघि  नियुक्त हुनु भएकाे थियाे ।   १७ सदस्यीय जिल्ला खेलकुद विकास समितिमा खेलकुद परिषदको प्रावधान अनुसार सदस्यमा परिषदका सदस्य सचिवबाट बिभिन्न खेलमा पदक प्राप्त गरेका या सहभागी भएकाबाट १ जना मनोनित गर्ने प्रावधान रहेको छ ।

समितिको सदस्यमा स्थानीय तहमा गठन भएका खेलकुद समितिबाट जिल्ला समितिले मनोनित गर्ने तीन जना, जिल्लाका खेल संघबाट एक जना महिलासहित जिल्ला समितिले मनोनित गर्ने तीन जना रहने व्यवस्था रहेको खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयाे । मनोनित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्