आदर्श सञ्चार, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङमा हालै सरुवा भएर आउनुभएको प्रहरी उपरिक्ष तिलक भारतीले शान्ति सुरक्षाका सवालमा कसैसंग संझौता नगर्ने बताउनुभएको छ । उहाँले जनताको शान्ति सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको छ ।
सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक भारतीले प्रहरीले जनतालाई सुरक्षित महशुस गराउने पहिलो दायित्व रहेको बताउनुभएको छ । उहाँले जिल्लाको समग्र अवस्थाको अध्ययनपछि छुट्टै सुरक्षा योजना समेत तयार गरेर लागनुपर्ने बताउनुभयो । उहाँले आफूले जनताको घरदैलोमै सुरक्षा महशुस हुँनेगरी काम गर्ने बताउनुभएको छ ।
शुरुमै केही योजना नसुनाउने भन्दै भारतीले शान्ति सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले अपराध नियन्त्रण, लागु औषध र जुवा तास निर्मुल पार्ने बताउनुभएको छ ।
पत्रकार अन्तरक्रिर्यामा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, सुवास आचार्य, सुवास गौतम, डम्मर बुढा मगर, अनिस खाती र विनोद प्रति, मन्जुल शाक्य, किरण आचार्य लगायतले कालीगण्डकी दोहोन, ट्राफिक व्यवस्थापन, लागुऔषध, जुवातास जस्ता समस्या तथा मिडियाको अवस्थाको विषयमा प्रहरी प्रमुख भारतीलाई जानकारी गराउनुभएको थियो ।