डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडिसम्म परम्परागत खेत प्रणाली अपनाएका बागलुङका किसान पछिल्लो समय आधुनिक यन्त्रको प्रयोग गर्न थालेका छन् । खेतबारी जोत्न, धान, गहुँ काटन् र चुट्न आधुनिक यन्त्रको प्रयोग गर्न थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रसम्मै किसानले यान्त्रिक हलो, ‘थे्रसर मेसिन’, चाप कटर लगायतका यन्त्रहरु प्रयोग गर्दै आएका छन् ।
कामलाई छिटो हुने र शनक्ति कम लाग्ने हुँदा हिजोआज आधुनिक यन्त्रणको प्रयोग गर्न थालेको गलकाट नगरपालिका–८ का किसान बलिभद्र सापकोटाले बताउनुभयो । पहिले आठ÷दश मुरी गहुँ काट्नका लागि १५ जना खेतलाले दिनभरी काम गर्नु परेको सुनाउँदै अहिले ‘थ्रेसर मेसिन’ले एकैछिनमा सक्ने उहाँको भनाइ छ । आधुनिक यन्त्रले किसानलाई ठूलो मद्दत पु¥याएको सापकोटा बताउनुभयो ।
उहाँले भन्नुभयो – “गाउँमा पहिले हल गोरुले बारी जोत्ने, थुप्रै खेताला लगाएर धान, गहुँ काट्ने र भित्राउने गरिन्थ्यो, अहिले पहिलेको जस्तो खेतला पनि पाइँदैनन्, धेरैले मेसिन लिएर बारीमा काम गर्न थालेका छन्, मान्छेले दिन भरि गर्ने काम मेसिनले एकै घण्टामा गर्छ, धेरै झन्झटिलो पनि भएन, त्यही भएर अहिलेका मान्छेहरु ऋण गरेर भए पनि मेसिन किन्न थालेका छन् ।”
काठेखोलाका किसान कुलप्रसाद कँडेलले बाली लगाउन र भित्राउनका लागि मेसिनले ठूलो भूमिका खेलेको बताउनुभयो । पछिल्लो समय युवा शक्ति विदेश पलायन भएपछि गाउँमा खेतलासमेत पाइन छोडेको उहाँको भनाइ छ । अब सरकारले हरेक किसानलाई आधुनिक प्रबिधिसँग जोडेर उत्पादन बढाउनका लागि सहयोग गर्नु पर्ने कँडेल बताउनुहुन्छ ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले वर्षेनी यहाँका किसानलाई ‘मिनिटेल हलो’, चाप कटर, थ्रेसर मेसिन लगायतका यन्त्रहरु अनुदानमा दिँदै आएको बताउनुभयो । आधुनिक यन्त्रले किसानलाई उत्पादनमा ठूलो टेवा पु¥याएको उहाँको भनाइ छ । सडकको पहुँच बस्ती बस्तीमा पुगेपछि आधुनिक मेसिनसमेत किसानका खेतबारी पुग्न थालेको अध्यक्ष थापा बताउनुहुन्छ ।
“परम्परागत खेती प्रणाली विस्तारै कम हुँदै गएको छ, अहिले त गाउँ–गाउँमा आधुनिक हलो, थ्रेसर, लगायतका थुप्रै औजारहरु भित्रिएका छन्, जसले किसानको कामलाई सहज बनाएको छ भने, उत्पादनमा पनि केही वृद्धि हुन थालेको हामीहरुले महसुस गरेका छौँ” अध्यक्ष थापाले भन्नुभयो – “गाउँपालिकाले किसानाका आवश्यकताका आधारमा अनुदानमा उपकरण दिन्छौँ ।”