कालिका मन्दिरमा उठ्यो रु.४७ लाख भेटी

आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा वैशाख महिनाभर ४७ लाखभन्दा बढी भेटी संकलन गरेको छ । कालिका गुठी व्यवस्थापन समितिले हरेक महिना सार्वजनिक गर्ने आन्दानी र खर्च अनुसार वैशाख महिनामा ४७ लाख ५८ हजार ६२६ भेटी संकलन भएको जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बैशाखमा मन्दिरमा रु.४७ लाख ५८ हजार ६२६ आम्दानी भएको बताउदै रु.२२ लाख ७० हजार ८५० खर्च बताउनुभयो । एक महिनामै मन्दिरले रु.२४ लाख ८७ हजार ७७६ नाफा गरेको छ । मन्दिरले आन्तरिक श्रोतबाटै पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, प्रसाद तथा सुरक्षा व्यवस्थापनमा खर्च गर्दै आएको छ ।

मन्दिरमा भेटी संगै सटर भाडा समेत नियमित आम्दानीमा जोडिने खड्काले बताउनुभयो । मन्दिरमा भक्तजनले चढाएको भेटीबाट रु.३१ लाख ३१ हजार ५००, चामल बिक्रीबाट रु.८९ हजार २५०, बोकाको टाउको बिक्रीबाट रु.एक लाख ४ हजार २००, कुखुराबाट रु.१० हजार ६ सय, सटर भाडाबाट रु.३ लाख २४ हजार ५४०, विवाहबाट रु.१५ हजार ५००, आर्थिक सहयोगमार्फत रु.१ लाख १० हजार ७८६, परेवा बिक्रीबाट रु.९ लाख २५ हजार २२५, सिक्का सटहीबाट रु.१६ हजार १ सय ५०,ब्रतबन्धबाट रु.१ हजार ८०० र पण्डितबाट रु. २९ हजार आम्दानी गरेको खड्काले जानकारी दिनुभयो ।

यस्तै, वैशाख महिनामा रु.२२ लाख ७० हजार खर्च भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

गुठीका कर्मचारीको तलबमा रु. ५ लाख ३९ हजार, विद्युत खर्चमा रु.३५ हजार २५०, अतिथि सत्कारमा २ लाख ७० हजार, आर्थिक सहयोग र अक्षयकोषमा रु.४ लाख १० हजार, पूर्वाधार विकास तथा निर्माणमा रु.४ लाख २८ हजार ६००, पुजा खर्चमा रु.३ लाख ३३ हजार, खाद्यन्न तथा आवासमा रु.९६ हजार, सांस्कृतिक कार्यक्रम तथा भजनतर्फ रु.१ लाख ५९ हजार खर्च भएको छ ।

यो पनि पढ्नुहोस्