स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गर्दै बडिगाड गाउँपालिका

डम्मर बुढामगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकाले स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गर्ने तयारी गरेको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुन फलफूलबाट मदिरा बनाइ ब्राण्डिङ गर्ने भएको हो । फलफूलबाट मदिरा उत्पादनका लागि गाउँपालिकाले वडा नम्बर ६ ग्वाँगका महिलालाई तालिमसमेत दिइसकेको छ ।

गाउँमा उत्पादन हुने पलम, किबी, अम्बा लगायतका फूलफलबाट मदिरा उत्पादन गरेर महिलालाई आयआर्जसँग जोड्ने गरि काम गरि रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष गाउँपालिका रु पाँच विनियोजन गरेर २५ जना महिलाको समूहलाई तालिम दिएको उहाँको भनाइ छ ।

तालिम लिए पश्चित महिलाहरुले मदिरा बनाउने भाँडा सुधार गरि व्यवस्थापन गरि रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । किसानले उत्पादन गरेर बजार नपाएका फलफूललाई मदिरा बनाउने गरि काम अगाडि बढेको उहाँको भनाइ छ । गाउँपालिकाले उत्पादन भएको मदिरालाई संकलन गरि बजारीकरणका लागि ‘मदिरा संकलन केन्द्र’ बनाउने तयारी गरेको अधिकारीले बताउनभुयो ।

उहाँले भन्नुभयो – “कानुनी आधारमा टेकेर गाउँपालिकामा मदिरा उत्पादन र ब्राण्डिङ गर्ने गरि काम सुरु गरेका छौँ, मदिरा उत्पादनका लागि महिला दिदीबहिनीहरुलाई तालिमसमेत दिइसकेका छौँ, उहाँहरुले भाँडा पुन सुधार गरि सक्नु भएको छ, व्यवसायिक रुपमा उत्पादन हुन थाल्यो भने यहाँका महिलाहरु स्वरोजगार बन्न सक्ने छन् ।”

स्थानीय पवित्रा मगरले मदिरालाई सरकारले उत्पादन गरे विक्री वितरणको व्यवस्था मिलाई दिए जीविकोपार्जनमा सहज हुने बताउनुभयो । बाहिरबाट विदेशी मदिरा खुलेआम आए पनि स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई प्रतिबन्ध लगाउँनु उचत नभएको उहाँको भनाइ । गाउँ घरमा उत्पादन हुने थुप्रै फलफूलले बजार नपाएर कुहिने गरेको भन्दै त्यसको मदिरा बनाएर विक्री गर्न दिए आयआर्ज पनि राम्रो हुने मगरले सुनाउनुभयो ।

गाउँपालिकाका उपाध्य भिमशेन वनले मदिरा उत्पादनका लागि स्थानीय मदिरा उत्पादन सम्बन्धी कार्यविधि बनाएर कार्यान्वन गर्ने तयारीमा रहेको बताउनुभयो । खुल्ला रुपमा मदिरा उत्पादन गरेर विक्री वितरण गर्न नपाईने हुँदा घरबासमार्फत उत्पादन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

“हामीहरुले स्थानीय सरकार संचालन ऐन २०७४ मा टेकेर ‘स्थानीय मदिरा उत्पादन सम्बन्धी ऐन–२०८०’ बनाएका छौँ सोही अनुसार फलफूलबाट मदिरा उत्पादन गर्ने तयारीमा जुटेका छौँ” उपाध्यक्ष वनले भन्नुभयो – “हामीहरु सुरुवाति चरणमा छौँ, हरेक घर परिवारले भन्दा पनि घरबासमार्फत उत्पादन गरि ब्राण्डिङ गर्नु पर्छ भन्ने हिसाबले लागेका छौँ ।”

यो पनि पढ्नुहोस्