आदर्श सञ्चार, बागलुङ
घर्मी बढेसंगै बागलुङ नगरपालिका–१ राखरेखाको विपी भ्यू ‘पोइन्ट’मा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।
अव्यवस्थित भिरालो जग्गामा रु. ५१ लाख लगानी पश्चात शुन्दर पार्क संगै दृश्यावलोकनका लागि भ्यू ‘पोइन्ट’ बनाएपछि बागलुङ बजारबासी गर्मी छल्न त्यहाँ पुग्ने गरेका छन् भने मध्यपहाडी लोकमार्गमा हिड्ने पर्यटको रोजाईमा पर्न सफल भएको छ ।
बागलुङबजारको छउँमा रहेकाले साँझको समयमा बाटीकामा रमाउने र भ्यू ‘पोइन्ट’ अवलोकन गर्न आउनेको भीड नै लाग्ने गरेको विपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिनुभयो ।
बागलुङ बजारको कोलाहाल बिर्साउनका लागि पर्यटकहरु आउने गरेको अधिकांशको भनाई छ । कालीगण्डकी नदीको चिसो हावामा बस्न बागलुङ बजारबासी त्यहाँ पुग्नेगरेका छन् भने मध्यपहाडी लोकमार्गमा गुडेका अधिकांश सवारीसाधनहरुमा चढेका पर्यटकहरुको ध्यान समेत तान्न थालेको छ ।
पार्कमा फुलेका फूलले पर्यटकलाइै मोहित बनाने गरेको छ । कालीगण्डकीले कटान गरेको पहराको खोच सम्माएर बनाएको विपी बाटिका पर्यटकीय केन्द्रका रुपमा विकास भएको पार्क अवलोकनका लागि पुगेका सन्तोष रानाले बताउनुभयो । उहाँले गर्मीको र कोलाहल विर्साउन पार्क उपयुक्त स्थान भएको बताउनुभयो । पार्कमा दूबो लगाइएको छ, सजावटका लागि फूल लगाइएको छ भने बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।
यस्तै भ्यू ‘पोइन्ट’बाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिने छ । बागलुङ बजारको कोलाहल र गर्मीबाट आजित स्थानीयलाई पार्कले तानेको बताउनुभयो ।
“झाँडीले भरिएको अव्यवस्थित खोच अहिले पर्यटकीय आकषर््णको केन्द्र बनेको छ, बागलुङ बजार नकिजै भएकाले पदलमार्ग मार्फत त्यहाँ पुग्न सकिन्छ, गर्मी याममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने गरेको पाइयो” रानाले भन्नुभयो “मध्यपहाडी राजमार्ग संगै रहेको पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटक समेत अवलोकन गर्न आएको पाइयो, पार्कको शौन्दर्यता र पूर्वाधारले पर्यटकको ध्यान तान्न सफल भएको छ ।”
पर्यटकीय पूर्वाधार निर्माणका कारण व्यवस्थित बनाइएको उद्यान पर्यटक आकर्षणको केन्द्र बनेको हो । उक्त पार्क बागलुङ नगरपालिका–१ रामरेखा स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा हुइकने जो कोहीको ध्यानाकर्षण गर्ने थलोको रुपमा विकास भएको छ ।
२०७६ साल सम्म झाडीले भरिएको डरलाग्दो भीरमा थपिएका पर्यटकीय पूर्वाधारले सबैलाई लोभ्याउन थालेको छ । विपी उद्यानमा पहरामाथी खोपेर हालै निर्माण गरिएको भ्यू ‘पोइन्ट’ले सबैको ध्यानेको छ । झण्डै दुई रोपनी जग्गालाई विपी उद्यानको नामाकरण गरी व्यवस्थित बनाइएको छ ।
उद्यानमा दुबो लगाएर हरियाली बनाइएको छ भने फुल, धुपी लगाइएको छ । पर्यटकका लागि आवश्यक बेन्च, शौचालय र पानीको व्यवस्था मिलाइएको छ भने रातीमा आउने पर्यटकका लागि विद्युतीय लाईट समेत जडान गरिएको छ ।
विपी उद्यानको मुहार फेर्नका लागि रु. ५१ लाख ७६ हजारको पूर्वाधार निर्माण भइसकेको विपी उद्यान समितिका अध्यक्ष महेन्द्र आचार्यले बताउनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु. ५ लाख बजेटमा भ्यू ‘पोइन्ट’ थप व्यवस्थित गरिएको छ ।
रामरेखामा मध्यपहाडी लोकमार्ग संगै शहिदपार्क, मदन आश्रीत पार्क, विपी पार्क, मनिलाल भ्यू ‘पोइन्ट’ र डिबी पार्क गरी पाँच वटा पार्कहरु रहेका छन् । पछिल्लो समय निकै व्यवस्थित र शौन्दर्यपूर्ण पार्कको रुपमा विपी पार्क रहेको छ ।