डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिका–१ र २ को सिमाना स्थित पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरि संचालनमा ल्याएको छ । पार्क संचालनमा आएपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि सुरु गरेको पार्क यसै वर्षदेखि संचालनमा आएको हो ।
एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणिय बनेको छ । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जा लगायतका ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । गर्मी याम सुरु भएपछि पार्कमा रहेको रुखमा छहारीमा बस्न आउने बढेको स्थानीय चित्र थापाले बताउनुभयो ।
करिब करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा थुप्रै संरचना बनेको हुँदा बालबालिका र युवाहरु बढी आउने गरेको उहाँको भनाइ छ । झाडी फाँडेर पार्क बनेपछि स्थानीयसमेत दंग छन् । यहाँबाट बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुछ«े लगायतका हिमालहरु अवलोकन गर्न सकिने हुँदा ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षणको केन्द्र बनेको थापा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “पहिले हामीहरुले यो ठाउँमा गाईभैँसी चराउने गथ्यौँ, अहिले यति राम्रो पार्क बन्यो, पार्क बनेपछि यो ठाउँको खुब प्रचार भयो, ठाउँ पनि निकै रमणिय छ, त्यही भएर होला अहिले धेरै पर्यटकहरु घुम्न आउने गरेका छन्, उनीहरुले यहाँ आएर फोटो भिडियो खिच्छन्, हिमाल हेरेर रमाउँछन्, पहिलेको झाडी अहिले पर्यटक आउने ठाउँ बन्यो ।”
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटक आगमनमा वृद्धि आएको बताउनुभयो । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिका खेल्ने, पकिनिक स्पट, भवन, फोटो खिच्नका लागि विभिन्न संरचना बनाएको उहाँको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
“यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदा हुँदै पनि आझेलमा परेको थियो, यसलाई प्रवद्र्धन गर्नु पर्छ भन्ने हिसाबले हामीहरुले यहाँ पूर्वधार निर्माण ग¥यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ” अध्यक्ष शमाले भन्नुभयो – “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन्, वरपर रुखहरु छन्, त्यस नजिक पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”