प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा छवि पाण्डे निर्वाचित

आदर्श सञ्चार, ड्यालस
प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा छवि पाण्डे निर्वाचित हुनु भएको छ । टेक्सासको ड्यालस सहरमा सम्पन्न भएको चौथो अधिवेशनले पाण्डेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्षका लागि भने मतदान भएको थियो । अध्यक्ष पदको लागि भएको प्रतिस्पर्धामा निवर्तमान उपाध्यक्ष गोपाल कँडेल, सचिव छवि पाण्डे र उपसचिव डा. थोमस बास्तोलाबीच मतदान भएको थियो । निर्वाचनबाट पाण्डे अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

उपाध्यक्षमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना र सञ्जयसिंह केसी निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा बिजयराज भट्टराई र उपसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउत चयन हुनु भएको छ ।

सदस्यहरूमा अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन र गणेशप्रसाद पौडेललाई चयन गरिएको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपालीहरूको हक अधिकार सुनिश्चित गर्न संगठितरुपमा पहल आवश्यक रहेको बताउनु भएको थियो । उहाँलले प्रवासी नेपाली मञ्चले विश्वभर छरिएर रहेका नेपालीहरूको आवाज बुलन्द बनाउँदै आएको बताउनु भएको थियो । विभिन्न साँस्कृतीक कार्यक्रमसहित सम्पन्न दुई दिने अधिवेशनमा दुई सय ३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षक उपस्थित थिए । कार्यक्रममा संस्थामा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै एकतामा बल दिने घोषणासहित नयाँ कार्ययोजना अघि सार्ने बताउनु भएको थियो ।  अधिवेशन कार्यक्रम प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो पनि पढ्नुहोस्