बसाइँसराइले उजाडिएको गाउँमा उद्यमी बाउ छोरा

खेमराज गौतम, बागलुङ

बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घरहरु र बाँझिएका खेतबारीको बीचमा संभावना खोजिरहेका छन् पोडेल थरका बाउछोरा ।

बसाइँसराइले रित्तिदै गएको छिस्तिको फुर्केसल्ला गाउँभित्र एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साच्चिकै लोभलाग्दो छ । आगनैभरी मौरीका घार, घोठभरी भैसी र पाडापाडी बारीमा व्यवसायिक घाँसखेती पौडेल परिवारको पहिचान हो ।

उमेरले ६२ वर्ष पुग्नुभएका रघुनाथ पौडेल र उहाँका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाइभैसीको स्याहार गर्दै दुधलाई बजार पठाउन व्यस्त हुनुहुन्छ । गाइभैसीको मलबाट व्यवसायिक घाँसखेती, गाइभैसीको पाडापाडी संरक्षण गर्दै आउनुभएको पौडेल परिवारसंग प्लाष्टिक टर्नेल देखि तोरी पेल्ने र कुटानी पिसानी गर्ने मेल समेत छ ।

बाउँछोरा मिलेर पाँच वर्ष यता दूध र मह उत्पादन गर्दै आउनुभएको मात्रै छैन गाउँमै उदारणीय परिवारका रुपमा चिनिनुभएको छ । गाउँमा बसाइँसराईले बाँदर आतकंभएपछि गाउँमा अन्नबाली समेत कम उत्पादन हुन थालेको छ । परम्परागत कृषि कर्म गरेर छोराछोरीलाई हुर्काउनुभएका रघुनाथ पौडेलले अहिले छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यवसायिक बनाइराख्नुभएको छ ।

“गाउँ रित्तियो, सम्पती भएका त शहर बजार सरे, हामी यही गाउँमा केही गर्नुपर्छ भनेर बाउ छोरा लागेका छौं” रघुनाथ पौडेलले भन्नुभयो “अहिले बाउछोरा मिलेर छ वटा मुर्रा भैसी र ती वटा गाई पालन गरेका छौं, आगनमा ३० मौरीका घार छन्, दुई प्लाष्टिक टर्ने, १० रोपनी जग्गामा घाँस खेती र तेल पेल्ने र कुटानी पिसानी गर्ने मेल छ, मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ” गाइभैसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी पिसानी मिल सञ्चालन गरिरहेको बताउदै पाडापाडी संरक्षण समेत गरिदै आइएको छ ।

पाँच वर्ष अघि सम्म चितवनमा जग्गा भाडामा लिएर माछा पालन गर्दै आउनुभएका ३३ वर्षका राजन पौडेललाई गाउँका युवा जस्तै विदश हिड्न मन नलागेर गाउँमै व्यवसायिक बन्ने सोचक ासाथ अघि बढेको बताउनुहुन्छ । बाबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको छोरा राजन पौडेल बताउनुहुन्छ । अहिले बाउछोराले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउदै आउनुभएको छ । छिस्ती पाडापाडी तथा भैंसी पालन फार्मको स्थापना गरेर कृषि र पशुलापन गर्दै आउनुभएका बाउछोराले पाडापाठीको समेत संरक्षण गर्दै आउनुभएको । अहिले उहाँको फममा ६ पाडी, एक पाडो र दुई गाइका बाच्छा हुर्कदै गरेका छन् । उनिहरुबाट व्यवसायिक उत्पादनमा लैजादा उत्पादन लागत घट्ने बाउ छोराको भनाई छ ।

“बुबाले गरिरहेको कामलाई व्यवसायिक रुपमा दिएको हुँ” छोरा राजन पौडेलले भन्नुभयो “अहिले दैनिक ४० लिटर दूध विक्री हुन्छ, फर्ममा छ वटा मुर्रा क्रस भैसी र तीन वटा होलिस्टीन गाई छन् ।” फर्ममा एउटा स्थानीय जातको भैंसी समेत छ । सुख्खा सिजनमा ४० लिटर दूध बजारमा पठाउने बताउदै राजनले फ्लो सिजनमा ५० लिटर भन्दा बढी दूध बजार जाने जानकारी दिनुभयो ।

बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर रु.९५ मा दूध लिने गरेको पौडेल बताउनुहुन्छ । संरक्षण गरिएका पाडापाडी हुर्केपछि दूधको उत्पादन १०० लिटर पुग्ने बताउनुभयो । उहाँले उन्नत जातको घैसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्न सके महङ्गो मुल्य हालेर भैसी र गाई खरिद गर्न नपर्ने बताउनुभयो ।
बाँदरको आतंकपछि गाउँको जग्गामा अन्न फल्दैन अचेल । पौडेलले १० रोपनी जग्गामा व्यवसायिक बहुवर्षे घाँस खेति गर्दै आएको बताउनुभयो । बाउ छोराले वर्षमा डेढ क्वीन्टल मह उत्पादन गरेर विक्री गर्दा वार्षिक दुई लाख भन्दा बढी आम्दानी गर्दे आएको सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्