देव कुमारको सम्पत्ति तत्काल लिलाम नगर्न अन्तरिम आदेश

आदर्श सञ्चार, बागलुङ
राष्ट्रिय सहकारी बैंकलाई देव कुमार नेपालीको सम्पत्ति तत्काल लिलाम उच्च अदालत पोखरा बागलुङ इजलासले नगर्न अन्तरिम आदेश दिएको छ ।
ईमेज बचत तथ ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा कारागारमा रहेको नेपालीको नाममा भएको सम्पत्ति धमाधम लिलाम हुनथालेपछि ईमेज पीडित संघर्ष समितको दबावमा नेपालीको पक्षबाट अदालतमा रिट मुद्दा दर्ता गरेका थिए ।

सहकारी बैंकको नाममा १५ दिन भित्र छलफल गर्न अदालतमा कानुन व्यवसायी सहित आउन आदेश गर्दै छलफल सम्मका लागि देवकुमारको नाममा भएको सम्पती लिलाम नगर्न आदेश दिएको छ ।

न्यायाधीश नातीबाबु लामिछानेको एकल ईजालशले उक्त आदेश गरेको थियो । रिट निवेदको तर्फका वकिल राम शर्मा, केशव पराजुली र हरी प्रसाद शर्माले बहस गर्नु भएको थियो ।

देव कुमार नेपालीको जग्गा लिलाम हुँदा सहकारी पीडितलाई झनै पीडा थपिएको संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले सिन्किको भाउमा जग्गा लिलाम गर्न थालेपछि बैकको बागलुङ शाखामा २५ गते तालाबन्दी गरिएको बताउनुभयो । उहाँले जग्गा लिलाम हुँदै जाने र पीडितले बचत फिर्ता नपाउने भएकाले रिट दर्ता गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्