दिगो आर्थिक रुपान्तरण आजको आवश्यकता : प्रवक्ता महत

आदर्श सञ्चार, बागलुङ
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढंगले काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
वितरणमुखी बजेटले राज्यको समृद्दि नआउने बताउदै दिर्घकालिनरुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले संसद अकारणमा अबरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको भन्दै संसद कला देखाउने ठाउँ नभएको बताउनुभयो । बजेटमा छलफल गर्दा बजेको कार्यान्वयनमा सहज हुँने उहाँको भनाई छ ।

लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भन्दै योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । यस्तै आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पु¥याउने बताउनुभयो । उहाँले साविकको धौलागिरी क्षेत्र पर्यटकीय र धार्मिक क्षेत्रको रुपमा निकै चर्चित बन्न थालेको भन्दै कालीगण्डकी करिडोर नेपालकै प्रमुख धार्मिक मार्ग रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा समय–समयमा व्यक्ति हावी भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले व्यक्ती हावी हैन जनता र देशलाई केन्द्रमा राखेर काम गर्दा कांग्रेस सक्षम बन्ने बताउनुभयो । उहाँले आगमी मंसिरमा पार्टीको महाधिवेशन संभव नभएको बताउनुभयो । उहाँले भिजिट भिषा प्रकरणमा कर्मचारी मुछिदा गृहमन्त्रीले राजिनामा दिन नपर्ने बताउनुभयो । उहाँले भष्ट्रचार निवारण आयोग संवैधानिक निकाय भएकाले स्वतन्त्र छानविन गर्न सक्ने बताउनुभयो ।

कांग्रेको भातृ संगठनलाई सक्रिय बनाउने र पार्टी सदस्यता बढाउने तर्फ कांग्रेको ध्यान गएको बताउनुभयो । एउटै दलको बहुमत नहुँदा गठबन्धन गर्नुको विकल्प नभएको बताउदै साँझा एजेण्डा लिएर एमालेसंग साझेदारी गरेको बताउनुभयो ।

महतले भिजिट भिष प्रकरणमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले कर्मचारीले गल्ती गरेकाले गृहमन्त्रीले राजिनामा दिन नपर्ने बताउनुभएको छ । उहाँले अख्तियारले दोषी नभनेको भन्दै दोषी कर्मचारीलाई पक्राउ गरेको बताउनुभयो । उहाँले गृहमन्त्रीको राजिनामा माग्दै संसद अवरुद्ध गर्ने काम नगर्न रास्वपालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता तथा उपाध्यक्ष सुवास आचार्यको स्वागत तथा सचिव डम्मर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्