खेमराज गौतम, बागलुङ
उच्च अदालत पोखरा बागलुङ इजालशको अत्याुधनिक भवन सम्झौता अवधि अगावैै निर्माण सम्पन्न भएको छ । भुकम्पले छिया–छिया बनाएको अदालतको भवन २०७९ मंसिर १५ गते ३० महिनामा सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मिति भित्र भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको छ ।
उक्त भवन गण्डकी प्रदेशकै नमूना र ठूलो लागत मध्येको पर्ने उच्च आदलत पोखरा बागलुङ इजालशले जानाएको छ । भुकम्पले भत्काएको नौं वर्षपछि उच्च अदालत पोखरा बागलुङ इजलासको भवन निर्माण सम्झौता मिति भित्रै सम्पन्न भएर हस्तान्तरणको प्रकृयामा गएको छ ।
विभिन्न निर्माण कार्य समयमै सम्पन्न नभएको थुप्रै उदाहरणका बीच ३० महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तला भवन निर्माण सम्पन्न भएको छ ।
साढे छ तला आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसंगै अन्य तीन वटा न्यायाधिस आवास गृह समेत निर्माण गरिएको छ । उच्च अदालत पोखरा बागलुङ अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएपनि ढिलोगरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएर काम शुरु भएको थियो ।
दुईवटा विद्युतीय भ¥यायाङसहित नमूना भवन निर्माण सम्पन्न भएर सेवा दिने अवस्थामा पुगेको उच्च अदालत पोखरा बागलुङ इजालशका रजिष्ट्रार राम बहादुर थापाले जानकारी दिनुभयो । असार २० गते सम्म सम्झौता मिति रहेको अदालतको भवन जेठ अन्तिममै निर्माण सम्पन्न भएको थापाले बताउनुभयो । हस्तान्तरणपछि उच्च अलदातलको नयाँ भवनबाट ३० महिनापछि सेवा थालिने बताउनुभयो । अहिले उच्च अदालतको सेवा जिल्ला अदालत बागलुङको भवनबाट प्रदान गरिदै आइएको छ ।
३० महिनामा सक्नेगरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु. ५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिन र रात गरी दुई चरणमा काम गरेर सम्झौता मिति भित्रै भवन निर्माण सम्पन्न भएको हो ।
“कार्यप्रगति निकै सन्तोषजनक छ, समयमै भुक्तानी दिएको भए जेठमै सेवा दिने तयारी थियो, भवन सकिएको छ, हस्तान्तरण पछि गर्ने साना तिना कामहरु अझै बाँकी छन्” थापाले भन्नुभयो “निर्माण कम्पनीले ठेक्का सम्झौता अनुरुप काम गर्दा अदालतको सेवा दिन सहज हुँनेछ ।” भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गरिनुका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भएकाले समयसिमा भित्रै काम सकिएको छ । निर्माण व्यवसायीको प्रतिनिधि महेन्द्र पौडेलका अनुसार काम सकेर हस्तानतरणको प्रक्रियामा पुगेको बताउदै केही मर्मत संभारको काम भने चलिरहेको बताउनुभयो । उहाँले निकै ठूलो भवनमा काम गर्दा छुटेका केही कामहरु र विग्रेका काम मर्मत भइरहेको छ, मुखय भवन वैशाखमै सकिएको थियो, आवास गृह सहित रङ्गरोगन र अन्य काम जेठ महिनामै सकियो ।” भवनमा पारदर्शी विद्युतीय भ¥याङ जडान भइसकेको छ ।
भवन निर्माणको चरणमा जिल्ला अदालतको भवनबाट उच्च अदालतले समेत सेवा दिइरहेको छ । नायाँ भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहने छन् । जस्कारण एकसाथ छ मुद्दाको इजलाश गर्न सकिने छ । अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधिस, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवास समेत तीन ब्लकमा निर्माण गरिएको छ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।