बडिगाड गाउँपालिकामा १ सय १४ जनाको र्‍यापिड टेष्ट,सबै नेगेटिभ

आर्दश अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिकामा १ सय १४ जनाको र्‍यापिड टेष्ट गरिएको छ ।

गत चैत्र १ गते यता बिभिन्न देशबाट आएकाहरुको कोरोना संक्रमण भए नभएको जानकारीका लागि र्‍यापिड टेष्ट गरिएको हो ।

परीक्षण गरिएको सवैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘अहिले सम्म परीक्षण गरिएका कसैको पनि रिपोर्ट पोजेटिभ देखिएको छैन,’ गुरौले भने, पोजेटिभ देखिएमा स्वाब संकलन गरी पुनः परीक्षणका लागि काठमाण्डैं पठाउछौ ।’

यो पनि पढ्नुहोस्