बागलुङमा बिहिबार ११५ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालको ल्याबमा बिहिवार गरिएको पिसिआर परिक्षणमा थप ११५ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, गल्कोट नगरपालिका, बरेङ गाउँपालिका र तमानखोला गाउँपालिकाले संकलन गरेको ३ सय २१ जनाको स्वाबको पिसिआर परिक्षण गर्दा १ सय १५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

अस्पतालले संकलन गरेको ४८ जनाको पिसिआर परिक्षणमा २२ जना, बागलुङ नगरपालिकाले संकलन गरिएको ४८ जनाको पिसिआर परिक्षणमा १६ जना, काठेखोला गाउँपालिकाले संकलन गरेको ८ जनाको पिसिआर परिक्षणमा २ जना, ढोरपाटन नगरपालिकाले संकलन गरेको ५० जनाको पिसिआर परिक्षणमा २२ जना, निसीखोला गाउँपालिकाले संकलन गरेको ४४ जनाको पिसिआर परिक्षणमा ६ जना, गल्कोट नगरपालिकाले संकलन गरेको ७६ जनाको पिसिआर परिक्षणमा २२ जना, बरेङ गाउँपालिकाले संकलन गरेको १७ जनाको पिसिआर परिक्षणमा २ जना र तमानखोला गाउँपालिकाले संकलन गरेको ३० जनाको पिसिआर परिक्षणमा २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्