आदर्श सञ्चार, बागलुङ
पूर्व राजा ज्ञानेन्द्र शाहलाई बागलुङमा स्वागत गरिएको छ । कालिका मन्दिर दर्शनको लागि बुधबार बागलुङ आउनु भएका पूर्वराजा शाहलाई बाजागाजा सहित भव्य स्वागत गरिएको हाे ।
दिउँसो करिब १२ः३० बजे बागलुङ आउनु भएका उहाँले कालिका मन्दिरमा पूजा गरेका थिए । आधा घण्टाको समय कालिका मन्दिरमा बिताउनु भएका शाहले नागरिकहरुसँग भलाकुसारी समेत गर्नु भएकाे थियाे । सहभागीहरुले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतको नारा लगाएका थिए ।
गत फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा देशको विधि र मान्यता अनुसार नचलेको बताउँदै दलका क्रियाकलापहरुप्रति टिप्पणी गर्नु भएकाे थियाे । मुलुकमा सहि प्रजातान्त्रिक आचरण नभएको हाँको टिप्पणी थियो ।
निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने, पक्ष र विपक्षीको अहँकार र हठवादले प्रजातन्त्रलाई गतिशिल बनाउन नसक्ने बताउँदै दलको गतिबिधिको आलोचना गर्नु भएकाे थियाे । उहाँले नेपालको इतिहास र अस्तित्वनासिदै गएको, होनाहार जनशक्ति दैनिक बाहिर गइरहेको, नेपालीको पसिना विदेशी भूमिमा बगाउन बाध्य भएको बताएका थिए ।