आदर्श सञ्चार, बागलुङ
म्याग्दी सदरमुकाममा रहेको प्रादेशीक अस्पताल बेनीमा गाइनोलोजिष्ट नहुँदा धौलागिरी अस्पताल बागलुङका गाइनोलोष्टिलाई म्याग्दीमा झिकाएर तालिम शुरु गरिएको छ ।
बेनीमा बिहीबार देखि शुरु भएको दुई दिने तालिममा धौलागिरी अस्पताल बागलुङका गाइनोलोजिष्ट डा.विजय ओझाले सहजीकरण गर्दै हुनुहुन्छ ।
५० शैया क्षमताको बेनी अस्पतालमा रहेको गाइनोलोजिष्ट शरुवा भएर गएपछि अस्पतालमा सुरक्षित सुत्केरी सेवा समेत प्रभावित भएको छ । यसै बीच प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्यकर्मीहरुका लागि गर्भवती सेवा तथा सुत्केरी सेवा निरन्तरता सम्बन्धी अभिमुखिकरण कार्यक्रमका लागि समेत बागलुङबाट डाक्टर बोलाएर तालिम शुरु गरिएको कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
सुरक्षित सुत्केरी गराउने स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको उक्त तालिममा जिल्ला भित्रका स्वास्थ्य संस्थाका ३१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।