आदर्श सञ्चार, बागलुङ
म्याग्दीको अननपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । पालिका भित्रका १५ महिना मुनिका ९९ जना बालबालिकाले नियमित खोप लगाएको तथा १६ देखि ५९ महिना भित्रका ४३७ जना बालबालिकाले पूर्णखोप पाएपछि पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । म्याग्दीमा हालसम्म अन्नपूर्णसहित धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका गरि पाँच पालिका पूर्ण खोप सुनिश्चिता घोषणा भइ सकेका छन् ।
अब बेनी नगरपालिका घोषणा बाँकी रहेको छ । जिल्ला भित्रका सबै पालिकाको घोषणा गरेर बैशाख २५ सम्म जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति म्याग्दीले जनाएको छ ।