आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका–४ स्थित श्रीनगरटोलमा आज बिहान घरको झ्यालबाट खसेर एक वृद्धको मृत्यु भएको छ । आज बिहान पौने पाँच बजेको समयमा पक्की घरको तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञान माया खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
सुतिरहेको कोठाको झ्यालबाट सोझौ सडकमा खसेर खड्काको मृत्यु भएको प्रहरीको भनाई छ । खड्काको शव क्षतविक्षत अवस्थामा प्रहरीले अस्पताल लगेको थियो ।
शवको पोष्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बगालुङमा राखिएको प्रहरीको भनाई छ । आल्मुनियमको झ्यालमा ग्रिल नभएकाले झ्यालबाट खसेको प्रहरीको भनाई छ ।