आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्ने गरी निर्माण गर्न लागिएको बताउनु भएको छ ।
कास्कीको रुपा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले यस्तो बताउनु भएको हो । प्रदेशको वस्तुगत अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकार बजेट निर्माण गर्न जुटेको उहाँले उल्लेख गर्नु भयो ।
पूर्ण खोप कार्यक्रम राष्ट्रिय कार्यक्रम भएकोले यसलाई तीनै तहका सरकारहरुले महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो । १४ प्रकारका रोगहरुलाई १२ प्रकारका खोपहरु दिईदै आएको र गण्डकी प्रदेशमा पनि २ हजार खोप केन्द्रहरु बाट २८ हजार बालबालिकाहरुलाई यी खोपहरु प्रदान गरिएको मन्त्री पाठकले बताउनु भयो ।
बैशाख महिना खोप महिना भएकोले ‘खोज र खोप लगाउ अभियानमा स्वास्थ्यकर्मीलाई मेहनतका साथ लाग्न मन्त्री पाठकले आव्हान गर्नु भयो ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न पाएकोमा गौरवको अनुभूती भएको बताउनु भएको थियो ।