क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निधन

आदर्श सञ्चार, बागलुङ
क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चाज भरत बहादुर बस्नेतको निधन भएको छ । ६७ वर्षीय बस्नेत केही महिनादेखि पेट सम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्याे ।

उहाँ पाँच दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सक्रिय रहँदै आउनु भएकाे थियाे । क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्ण बहादुर थापाले बताउनुभयाे ।

प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण योगदान रहेको छ ।

बस्नेतको शोकमा क्षत्री समाज नेपालको आकस्मीक बैंठक द्धारा  ५ दिन देशैभर शोक मनाउने, ७ औं दिनमा शोक सभा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष रिब बहादुर थापा, सचिव शिव थापाले समाजको झण्डा ओढाई अन्तिम बिदाइ गरीएको थियो । स्वर्गीय बस्नेतको ३ छोरा र श्रीमती रहेका छन् ।

यो पनि पढ्नुहोस्