आदर्श सञ्चार, म्याग्दी
बेनीका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि एक महिने बुटिक(कढाई) तालिम बेनीमा सुरु भएको छ ।
बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा आयोजित तालिममा ५४ जना महिलाहरुको सहभागिता रहेको छ । आधारभुत तहको तालिम प्राप्त गरिसकेका २१ जनालाई सिटिइभिटिद्वारा लिइने सिप परीक्षणमा सहभागिता सम्बन्धी कक्षा र २३ जनालाई आधारभूत कक्षा हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
दुई फरक प्रशिक्षण भएकाले दुई वटा समूह बनाएर दैनिक तीनतीन घण्टाको दुई वटा कक्षा हुने प्रशिक्षक चन्द्रा घलेले जानकारी दिनुभयो । यदि प्रशिक्षणमा पुरा समय दिन नसक्ने भए सहभागी नै नहुदा हुने धारणा राख्नु घलेले भएको थियो ।
तालिम पुरा लिने र लक्ष्य प्राप्तीको साधनका रुपमा तालिम लिने भए सहभागी हुनु होइन भने केही दिन कसैले भनेको छ जाउँ भन्ने जस्ता सोच भए सहभागी नहुँदा हुन्छ–प्रशिक्षकको भनाई थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सिप सिकेर आत्मनिर्भर हुनका लागि आग्रह गर्नुभयो ।