जोमसोम अस्पतालमा मेसिन बिग्रिदा सेवा अबरुद्ध

आदर्श सञ्चार, म्याग्दी
प्रदेश अस्पताल जोमसोममा एक हप्तादेखि ल्याव सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा परेका छन् । गत वैशाख २७ गते मेसिन बिग्रिएपछि ल्याव सम्बन्धी काम नहुँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ ।

अस्पतालमा रहेको ल्यावको मेसिन बिग्रिएपछि सेवा प्रवाह गर्न नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.समिक्षा कँडेलले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि पोखरा पठाएको र मर्मतको क्रममा रहेको हुँदा सेवा कहिलेदेखि सुचारु हुने भन्ने एकिन गर्न नसकिएको उहाँको भनाइ छ ।

अस्पतालमा रहेको मेसिन बिग्रदा अस्पतालमा सेवा लिनका लागि आउने बिरामीहरुलाई माथिल्लो अस्पतालम रिफर गर्नु परेको अस्पतालले जनाएको छ । मेसिन विग्रीए पछि मर्मतका लागि पोखरा पठाइएको मेसिन मर्मत भएर नआउँदासम्म ब्लड, सुगर, युरिया, क्रिटिनाइन, एलएफटी, युरिक एसिड, क्याल्सियम लगायतका मुख्य ९ वटा ल्याव सम्बन्धी सेवा प्रदान गर्न नसकिएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्