जेसीबीको ब्रेक फेल हुँदा वडा कार्यालयको भवनमा क्षति

आदर्श सञ्चार, म्याग्दी
सडकमा गुडी रहेको जेसीबीको ब्रेक फेल हुँदा बेनी नगरपालिका–८ को कार्यालयको ी भवनमा क्षति पुगेको छ । बेनीको बीरेन्द्रचोकदेखि कालिपुल तर्फ जाँदै गरेको ग १ क ६०७६ नम्बरको जेसीबी क्याम्पस चोकको ओरालोमा एक्कासी ब्रेक फेल हुँदा कार्यालय भवनमा ठोक्किन पुगेको थियो ।

जेसीबी गएर ठोक्किदा वडा कार्यालयको व्यापारीक सटरमा क्षती पुगेको वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले जानकारी दिनुभयो । जिल्ला ट्रफिक कार्यालय म्याग्दीका प्रमुख वरिष्ठ सई राजकुमार केसीका अनुसार जेसीबीका चालक कपिलवस्तुका २५ वर्षीय सरन पुनलाई नियन्यणमा लिइएको छ ।

सञ्जय कुँवरले सञ्चालन गरेको सम्मान कन्स्ट्रक्सन प्रालिको उक्त जोसीबीसमेत नियन्त्रणमा लिएको केसीले जानकारी दिनुभयो । भवनमा क्षति भए पनि मानवीय क्षति नभएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्