उपाध्यक्ष बस्नेतको निधनप्रति क्षत्री समाजद्वारा दुख व्यक्त

आदर्श सञ्चार, बागलुङ
क्षत्री समाज नेपालले उपाध्यक्ष भरत बहादुर बस्नेतको निधनप्रति दुख व्यक्त गर्दै शोक सभा गरेको छ । केन्द्रीय उपाध्यक्ष बस्नेतको वैशाख २९ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

निधन भएको सातौँ दिनको पुण्यतिथिमा क्षत्री समाज नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की, पर्वत, स्याङ्जा र तनहुँ जिल्ला समिति, महिला समाज र नगरको उपस्थितीमा शोक सभा सम्पन्न गरिएको समाजका महासचिव कृष्ण थापाले बतउनु भयो ।

बस्नेतको निधनप्रति दुख व्यक्त गर्दै लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको काठमाडौँमा समेत शोक सभा सम्पन्न गरिएको छ ।

यो पनि पढ्नुहोस्