आदर्श सञ्चार, कतार
पवर्तको फलेवास घर भइ हाल रोजगारीको सिलशिलामा माल्टामा रहेका नारायण प्रसाद चापागाईको उपचारमा आर्थिक अभाव भएपछि अन्तर्राष्ट्रिय पर्वत समाजले सहयोग अभियान थालेको छ ।
विदेश जाँदा लागेको ऋण तिरेर नसक्दै हृदयघात भएर मुटुको शल्यक्रिया गरेका नारायणको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीको संयोजकत्वमा अन्तर्राष्ट्रिय पर्वत समाजले आर्थिक संकलन अभियान सुरु गरेको छ । अभियान सुरु भएसँगै सहयोग संकलन हुन सुरु भएको संयोजक क्षत्रीले बताउनु भयो ।
मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) गर्दा २७ हजार ३ सय ६४ युरो खर्च भएको, लामो समय उपचार गर्नुपर्ने र उपचारमा थप रकम लाग्ने भएपछि चापागाईले सहयोग गरिदिन आग्रह गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजमा निवेदन दिनु भएको थियो ।
अन्तर्राष्ट्रिय पर्वत समाजले समाजसँग जोडिएका विभिन्न देशमा रहेका पर्वत समाज मार्फत पर्वतेलीहरुलाई आर्थिक संकलन अभियानमा जोडिन अनुरोध गरेको छ ।