सिंगा तातोपानीमा अखाद्य नष्ट

आदर्श सञ्चार, म्याग्दी
बेनी नगरपालिका–४ सिंगा तातोपानी क्षेत्रमा बजार अनुगमन गर्दा भेटिएका अखाद्य सामग्री नष्ट गरीएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले गरेको अनुगमनका क्रमममा १२ वटा पसलहरुबाट भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका सहेन्सा कुमार मेहताका अनुसार संगा तथा तातोपानी क्षेत्रका पसलहरुको अनुगमन गर्दा २२ हजार मुल्य पर्ने सामग्रीहरु जपथ गरी नष्ट गरिएको हो ।

उपभोग्य मिति सकिएर अखाद्य भै सकेको भए पनि बजारमा विक्रीका लागि सजाएर राखेको अवस्थामा नियन्त्रणमा लिएर नष्ट गरीएको उहाँको भनाइ छ । व्यापारी तथा उपभोक्तालाई जनचेतना जगाउने हेतुले बजार अनुगमन गरिएको र प्रभावकारी तबरले यसलाई कार्यान्वयनमा लैजानका लागि म्याद गुज्रेका हरेक प्रकारका सामग्री जपथ गरेर नष्ट गरीएको मेहताको भनाई थियो ।

यो पनि पढ्नुहोस्