जेसीज सप्ताह सुरु, पहिलो दिन निबन्ध प्रतियोगिता

आदर्श सञ्चार, बागलुङ
म्याग्दी जेसीजले २७ औं स्थापना दिवसको अवसर पारेर जेसीज सप्ताह सुरू गरेको छ । युवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय सामाजिक संस्था जेसीजले एक हप्तासम्म विविध सामाजिक गतिविधि सहित कार्यक्रम गर्न लागेको अध्यक्ष बिनोद घर्तीले जानकारी दिनुभयो ।

सप्ताहको पहिलो दिन भएको अन्तर विद्यालय निवन्ध प्रतियोगितामा म्याग्दीका १० विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । बेनी नगरपालिकाका प्रबक्ता एवम् म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले सप्ताहको उद्घाटन गर्नुभएको थियो ।

नेपाल जेसीजका उपाध्यक्ष सन्दिप खत्रीले रचनात्मक कार्यबाट युवाहरुलाई आर्कषित र क्षमतावान बनाउनुपर्ने बताउनुभयो । शाखा अध्यक्ष घर्तीको अध्यक्षता, मुल संयोजक सञ्जन श्रेष्ठको स्वागत र महासचिव देबेन्द्र घिमिरेको सञ्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

सप्ताहको दोश्रो दिन मैत्रीपूर्ण फुटसल प्रतियोगिता, तेश्रो दिन उद्घोषणकला तालिम, चौथो दिन मेरो विद्यालय कार्यक्रम, पाँचौ दिन अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता, छैठौं दिन रक्तदान र अन्तिम दिन अन्तरमाध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने महासचिव घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्