भूमिहीनको समस्या स्थानीय सरकारसँगको समन्वयमा समाधान गरौँ : मन्त्री अधिकारी

मन कुमारी केसी, बागलुङ
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थीत बसोबासीको समस्या समाधानका लागि आयोगले काम सुरु गरिसकेको बताउनु भएको छ ।

शुक्रबार बागलुङमा भूमि समस्या समाधान आयोगसँग सम्बन्धीत विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।भूमिहीनलाई बसाबास गरि रहेको स्थानमा बस्न नस्कने अवस्था भए, अव्यवस्थीत बसोबास भएको स्थानीय सरकारले ठहर गरेमा अनेत्र सार्न सक्ने अधिकार आयोगलाई रहेको भन्दै मन्त्री अधिकारीले सोही अनुसार काम गर्न भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङलाई निर्देशन दिनु भएको थियो ।


बसोबास गरिरहेकै स्थानमा बसोबास गर्न चाहानेलाई पौने चार रोपनी जग्गा राजश्व लिएर प्रदान गर्न सकिने उहाँले बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङका अध्यक्ष भिम प्रसाद शेरचनको अध्यक्षता तथा मौसम सुनामको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्